एनआईसी एशिया बैंकमा ऋणका लागि आवेदन दिन अब खल्तीबाटै

एनआईसी एशिया बैंकमा ऋणका लागि आवेदन दिन अब खल्तीबाटै

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। बैंक ऋण लिन चाहने ग्राहकले खल्ती डिजिटल वालेटमार्फत एनआईसी एशिया बैंकको सुपर चमत्कारिक कर्जाका लागि आवेदन दिन पाउने भएका छन् ।

एनआइसी एशिया बैंकले ८.२५ प्रतिशत बार्षिक ब्याजदरमा ४८ घण्टामै कर्जाको निर्णय गर्ने गरी घर, सवारी र व्यवसाय कर्जा योजना ल्याएको छ ।

ती कर्जामा अन्य बैंकका कर्जा पनि स्वाप गर्न मिल्ने, पहिलो बर्ष ब्याजदर परिवर्तन नहुने, प्रशासनिक शुल्क शून्य दशमलव २५ प्रतिशतमात्रै लाग्ने जस्ता विशेषता रहेको बैंकले जनाएको छ ।

खल्ती डिजिटल वालेटका प्रयोगकर्ताले वालेटमा रहेको एनआइसी एशिया बैंक सुपर चमत्कारिक कर्जाको आइकनमा ट्याप गरेर ती तीन प्रकारका कर्जामध्ये आफूलाई चाहिएको कर्जाका लागि आवेदन दिन सक्ने जनाइएको छ ।

खल्ती डिजिटल वालेटका प्रयोगकर्ताले वालेटमा रहेको एनआईसी एसिया बैंक सुपर चमत्कारिक कर्जाको आइकनमा ट्याप गरेर ती तीन प्रकारका कर्जामध्ये आफूलाई चाहिएको कर्जाका लागि आवेदन दिन सक्नेछन्।

खल्तीले एपमार्फत ऋण लिन चाहने बैंकका ग्राहकको आवेदन संकलन गर्नेमात्रै काम गर्नेछ। संकलित आवेदनहरू थप प्रक्रियाका लागि एनआईसी एसिया बैंकमा पठाइने खल्तीले जनाएको छ।

खल्तीसँगको सहकार्यले अब ऋण चाहिने ग्राहकले बैंकका शाखा कार्यालयहरूमा धाउनुपर्ने अवस्थाको अन्त्य भएको एनआईसी एसिया बैंकले जनाएको छ।

ग्राहकले खल्तीमार्फत ऋणका लागि आवेदन गरेपछि बैंकले आफैँ थप प्रक्रियाका लागि ग्राहकसँग सम्पर्क गर्नेछ। यसले गर्दा बैंकको पहुँच विस्तार भएको र ग्राहकले पनि घरमै बसेर ऋण लिन सक्ने बैंकले जनाएको छ।

खल्ती डिजिटल वालेट नेपालको लोकप्रिय पेमेन्ट गेटवे हो। खल्ती वालेटको प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ गर्ने, ई–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्नेजस्ता धेरै सेवाहरु लिन सकिन्छ।

खल्तीका प्रयोगकर्ताको संख्या १३ लाखभन्दा बढी छ।

खल्ती एन्ड्ररोइड प्लेस्टोर, एप्पल एपस्टोर र खल्ती डटकमबाट डाउनलोड गर्न र उपलब्ध सबै सेवाहरुको अनलाइन भुक्तानी गर्न सकिन्छ।

Recent Comments

No comments to show.