भदौ देखि बाेटल पानीकाे मूल्य १६ रुपैयाँ कायम हुँदै

भदौ देखि बाेटल पानीकाे मूल्य १६ रुपैयाँ कायम हुँदै

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बोतलको प्रशोधित पानीको मूल्य अब १६ रुपैयाँ मात्र तिरे पुग्ने भएको छ ।

वाणिज्य विभागले काठमाडौं उपत्यका र काभ्रे गरी चार जिल्लामा उत्पादन हुने बोतलबन्द पानीको न्युनतम समर्थन मूल्य तोकेकोमा प्रतिबाेटल १६ रुपियाँ निर्धारण गरिएकाे छ ।

साथै प्रशाेधित पानीकाे खुद्रा मूल्य अधिकतम ५० ताेकिएकाे छ ।

प्रशोधित बोतलको पानी हाल खुद्रा पसलमा २० देखि २५ रुपैयाँ सम्ममा  बिक्रीवितरण भइरहेको छ ।

यसैगरी जारकाे पानीकाे मूल्य ३५ देखि ६० रुपियाँ सम्म छ । बजारमा कम मूल्यमा पानी उपलब्ध भएपनि सबैजसाे जारमा उपलब्ध पानीकाे खुद्रा मूल्य ६० रहेकाे र त्यसलाइ घटाएर पानी ५० मा उपलब्ध गराइएकाे बाेटल वाटर उद्याेग संघका अध्यक्ष सुवास भण्डारीकाे धारणा छ ।

बजारमा ३५ मा उपलब्ध जारकाे पानीकाे मूल्य बढेर ५० मा बिक्री गरिने भनेर हल्ला व्यापक बनेकाे तर त्यसाे नभइ उपभाेक्ताले तिर्ने उच्चतम बिन्दुमा पानी सस्तिएकाे र बजारमा पानी पहिलेकाे मूल्य भन्दा बढी उपभाेक्ताले वहन गर्नु नपर्ने संघका महासचिव ध्रुव गाैतम बताउँछन् ।

नयाँ मूल्यअनुसार एक जार प्रशोधित पिउने पानीको अधिकतम् खुद्रा मूल्य ५० र बोतलको मूल्य १६ रुपैयाँ तोकिएको छ ।

Recent Comments

No comments to show.