९० प्रतिशत जनसंख्यामा विद्युतको पहुँच, टुकी बत्ती युगको अन्त्य हुँदै

९० प्रतिशत जनसंख्यामा विद्युतको पहुँच, टुकी बत्ती युगको अन्त्य हुँदै

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । देशका ९० प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगेको छ ।

राष्ट्रिय प्रसारणमा आवद्ध भएर विद्युत उपभोग गर्ने घरपरिवार संख्या भने ८६.४४ प्रतिशत रहेको नेपाल विद्युत् प्राधिकरणको तथ्यांकमा उल्लेख गरिएको छ ।

अन्यले भने सरकारले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत राष्ट्रिय ग्रिड पुग्न नसकेका ठाउँमा उपलब्ध गराउँदै आएको सौर्य, लघु जलविद्युत् लगायतमार्फत विद्युतको प्रयोग गर्दै आएका छन् ।

आर्थिक वर्ष २०७२/०७३ मा ६२ दशमलव १६ प्रतिशत घरपरिवारमा मात्रै विद्युतीकरण भएको थियो ।

चार वर्षभित्र २३.२८ प्रतिशतले बिजुलीको पहुँचमा वृद्धि भइ ८६.४४ प्रतिशत पुगेको प्राधिकरणले जनाएको छ ।

सरकारले उज्यालो नेपाल अभियान अन्तर्गत २०७९ भित्रमा सबै नेपालीको घरघरमा विद्युतको पहुँच पुर्‍याउने उद्देश्यसहित केन्द्रीय प्रसारण लाइन नपुगेका जिल्लामा मिनीग्रिड विशेष कार्यक्रम मार्फत विद्युत पुर्‍याउने लक्ष्य राखेको छ।

ग्रिड पुर्‍याउन सम्भव नहुने ठाउँहरुमा ब्याट्री स्टोरेज प्रणालीसहितको माइक्रो–हाइड्रो, सोलार तथा वायु ऊर्जाको उपयोग गर्ने सरकारको योजना छ ।

वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको अगुवाइमा देशका विभिन्न ठाउँमा सौर्य तथा वायु मिनीग्रिड आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा रहेका छन्।

राष्ट्रिय ग्रिडमार्फत सबैभन्दा धेरै प्रदेश २ मा ९९ दशमलव ०२ प्रतिशत घरपरिवारमा र सबैभन्दा कम कर्णाली प्रदेशमा ३४ दशमलव ७४ प्रतिशत बिजुलीको पहुँच पुगेको छ ।

Recent Comments

No comments to show.