अमेरिकी राष्ट्रपतिका भाइको निधन

अमेरिकी राष्ट्रपतिका भाइको निधन

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको मृत्यु भएको छ।

७२ वर्षीय रोबर्टको गएराति मृत्यु भएको राष्ट्रपति  ट्रम्पले बताएका छन्। 

उनलाई के रोग लागेको थियो भन्ने खुलाइएको छैन । राष्ट्रपति ट्रम्पले विज्ञप्ति जारी गर्दै  भनेका छन्, ‘गह्रुंगो मनका साथ म तपाईंलाई यो जानकारी दिँदै छु कि मेरो भाइ रोबर्ट ट्रम्पले गएराति अन्तिम सास लियो । ऊ मेरो भाइमात्र थिएन, मेरो राम्रो साथी पनि थियो । उसको याद सधैं मेरो हृदयमा रहने छ।’

यसअघि ट्रम्प अपरान्ह न्यूयोर्क सिटीको अस्पतालमा उपचाररत भाइलाई भेट्न पुगेका थिए । रोबर्टले राष्ट्रपति ट्रम्पको घरजग्गा कारोबारको लगानीको व्यवस्थापनको काम गर्दै आएका थिए ।

Recent Comments

No comments to show.