दुई अर्ब २९ करोड घट्यो नेपाल टेलिकमको नाफा , ५३ करोडको बोनस प्रदान

दुई अर्ब २९ करोड घट्यो नेपाल टेलिकमको नाफा , ५३ करोडको बोनस प्रदान

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अघिल्लो वर्षको तुलनामा नेपाल टेलिकमको नाफा र आम्दानी दुबै घटेको छ ।

टेलिकमले सार्वजनिक गरेको गत आवको चौथो त्रैमासिक वित्तिीय विवरण अनुसार नाफा एक अर्ब ८९ करोड रुपैयाँले घटेको हो ।

आर्थिक वर्ष ७५/७६ मा ९ अर्ब ७५ करोड नाफा कमाएको टेलिकमको नाफा गत आर्थिक वर्षमा घटेर ८ अर्ब ५५ मा सिमित भएको हो ।

प्रयोगकर्ता बढ्दै गएपनि कम्पनीको सेवा बिक्री तथा अन्य व्यापारिक शिर्षकबाट हुने आम्दानीमै गिरावट आएपछि त्यसको प्रभाव नाफामा पनि परेको हो।

यस अवधिमा कम्पनीको आम्दानी पनि ४३ अर्ब ८३ करोडबाट घटेर ४१ अर्ब ४९ करोडमा सिमित भएको छ । सेवा बिक्रिबाट हुने आम्दानी पनि घटेर ३६ अर्ब ८६ करोडबाट घटेर ३४ अर्ब ५७ करोडमा सिमित भएको छ ।

गएको वर्षको वित्तीय विवरणअनुसार कम्पनीले ४१ अर्ब ४९ करोड रुपैयाँ आम्दानी गरेको छ। यसमा ग्राहकबाट हुने आम्दानी ३४ करोड छ भने बाँकी अन्य ट्रेडिङबाट भएको छ।

कम्पनीले लकडाउन अवधिमै २ अर्ब आम्दानी गुमाएको छ। चैतदेखि असारसम्मको अवधिमा भएको गएको वर्षको आम्दानी अघिल्लो वर्षको तुलनामा २ अर्ब न्यून छ।

Recent Comments

No comments to show.