कोरोना सुरक्षाका लागि बैंक तथा वित्तिय संस्थालाई राष्ट्र बैंकको १४ बुँदे निर्देशन(पूर्णपाठ)

कोरोना सुरक्षाका लागि बैंक तथा वित्तिय संस्थालाई राष्ट्र बैंकको १४ बुँदे निर्देशन(पूर्णपाठ)

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाका कर्मचारी एवं सेवाग्राहीको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर न्यूनतम बैंकिङ्ग सेवा सुचारु गर्न निर्देशन दिएको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबार एक परिपत्र जारी गर्दै सम्पूर्ण बैंक तथा वित्तीय संस्थालाई १४ बुँदे निर्देशन दिएको हो ।

निर्देशनमा केन्द्रीय बैंक सूचना जारी गर्दै काठमाडौँ उपत्यकामा र २०० भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा ५० प्रतिशतभन्दा बढी कर्मचारी प्रयोग नगर्न, सम्भव भएसम्म विद्युतीय माध्यमबाट सेवा दिन निर्देशन दिइएको छ ।

अत्यावश्यकबाहेकका सबै प्रकारका बैठक, समीक्षा, सेमिनार, भेला जस्ता सामूहिक जमघट हुने कार्यहरु नगर्न निर्देशन दिइएको छ ।

यस्तै बैंक तथा वित्तीय संस्थाहरुलाई कोभिड १९ सम्बन्धी समस्याको सहजीकरण र सम्पर्कका लागि एक कोभिड १९ सुरक्षा व्यवस्थापन समूह गठन गर्न पनि निर्देशन दिइएको छ ।

आइसोलेसन तथा क्वारेन्टिनमा बसेका संक्रमित कर्मचारीको पीसीआर टेष्टको रिपोर्ट नेगेटिभ आएपछिमात्र कार्यालय आउने व्यवस्था गर्ने समेत राष्ट्र बैंकको निर्देशन छ ।

साथै, इलाका बाहिर खटिएका कर्मचारी सस्थामा फर्कदा पीसीआर परीक्षण गराइ रिपोर्ट नेगेटिभ आएमा मात्र कार्यालयमा आउने व्यवस्था बैंक तथा वित्तीय संस्थाले गर्नुपर्नेछ ।

संक्रमितको सम्पर्कमा आएका वा कन्ट्रयाक ट्रेसिङ्‍मा परेका कर्मचारीलाई आवश्यकताअनुसार घर वा होटल क्वारेन्टिनमा सुरक्षित राख्न आवश्यक व्यवस्था गर्ने र सोको सम्पूर्ण खर्च बैक तथा वित्तीय संस्थाले बेहोर्नु पर्नेछ’ केन्द्रीय बैंकद्वारा जारी सो परिपत्रमा भनिएको छ ।

Recent Comments

No comments to show.