काठमाडौं । यो साता कारोबारको अन्तिम दिन शुक्रबार पनि सुनको भाउ बढेको छ।
आज सुनको मूल्य तोलामा ८ सयले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ६ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९८ हजार १ सय निर्धारण गरिएको छ ।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज तोलामा ५० रुपैयाँ बढेर तोलाको १३ सय ५५ रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया