एजेन्सी । भारतको श्रीराम जन्मभूमी तिर्थ क्षेत्र स्ट्रस्टका अध्यक्ष महन्थ नृत्य गोपाल दासमा कोरोना संक्रमण देखिएको छ ।
भारतिय सञ्चार माध्यमका अनुसार बुधबार कृष्ण जन्माष्टमी मनाउन मथुरा पुगेका नृत्यगोपाललाई कोरोना संक्रमण पुष्टि भएको हो ।
बिहीबार बिहान अचानक स्वस्थ्य अवस्था बिग्रिएपछि जाँच गर्दा कोरोना पोजेटिभ देखिएको जनाइएको छ ।
उनी मंगलबारदेखि मथुराको सीताराम मन्दिरमा बसेका थिए । कृष्ण जन्माष्टमीमा बुधबार राती श्रीकृष्ण जन्मस्थानमा आयोजित कार्यक्रममा उनी सहभागी भएका थिए ।
उनी हरेक वर्ष यस कार्यक्रममा सहभागी हुन्छन् । यसपटक अयोध्याबाट पवित्र सरयू जल पनि बाल गोपालको अभिषेकका लागि लिएर गएका थिए । उनमा अचानक ज्वरो देखिएपछि औषधि सेवन गरेपछि ज्वरो घटेको र अवस्था चिन्ताजनक नरहेको जनाइएको छ ।
महन्थ नृत्यगोपाल श्रीकृष्ण जन्मभूमि न्यासका पनि अध्यक्ष हुन् ।
प्रतिक्रिया