देउवाको बहादुरीले कांग्रेस र प्रजातन्त्रलाई क्षति पुर्‍यायो : वरिष्ठ नेता रामचन्द्र पौडेल

देउवाको बहादुरीले कांग्रेस र प्रजातन्त्रलाई क्षति पुर्‍यायो : वरिष्ठ नेता रामचन्द्र पौडेल

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवामा विधान मिच्दा बहादुर ठहर्छु भन्ने मानसिकता रहेको टिप्पणी गरेका छन्। सभापति देउवाले विधान मिचेर पटकपटक विभागहरु गठन गरेको सम्बन्धमा ध्यानाकर्षण गराइएको तर उनमा विधान जति मिच्न सक्यो त्यति बहादुर र बलवान ठहर्छु भन्ने मानसिकता रहेको पौडेलको टिप्पणी छ।

आज न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै वरिष्ठ नेता पौडेलले देउवाको बल मिच्याइँले गर्दा पार्टीभित्रको आन्तरिक लोकतन्त्र खतरामा परेको पनि बताए। उनले भने, ‘‘हामीले बारम्बार पार्टीलाई विधानमा ल्याउन पार्टी सभापतिलाई ध्यानाकर्षण पटकपटक गर्दै आयौं। तर नेपाली कांग्रेसभित्र कस्तो भएको छ भने विधान मिच्नु बहादुरी हो जस्तै हाम्रो सभापतिलाई लाग्छ कि ?  विधान मैले जति मिच्न सके म त्यति बलवान सभापति ठहर्छु भन्ने उहाँको मानसिकता छ जस्तो मलाई लाग्छ। त्यसले यो पार्टी डेमोक्रयाटिक नै हो कि होइन भन्ने खतरातिर जान लाग्यो भनेर हामी चिन्तित भएको हो।’’ 

आफू बहादुर हुँ भन्ने भ्रम भएकाले सभापतिले पटकपटक विधान मिचेर विभागहरु गठन गरेको आरोप लगाए। उनले देउवाको प्रवृत्ति स्मरण गर्दै भने, ‘‘मलाई सम्झना छ, यो देशमा कानून तोड्यो भने गृहमन्त्रीले तोड्छ। म गृहमन्त्री भएको हुनाले मैले हो कानून तोड्ने भनेर बोलेर धाक लगाएर हिंडनुहुन्थ्यो एक ताका। उहाँलाई जे बोले पनि सबैले हाँसेर लिइदिन्थे। अहिले पनि उहाँ त्यही गर्दै हुनुहुन्छ। उहाँको यस्तै बहादुरीले कांग्रेसलाई क्षति पुर्‍यायो। यो बहादुरीले प्रजातन्त्रलाई, लोकतन्त्रलाई पनि क्षति पुर्‍यायो।

पार्टीको महाधिवेशन समयमै गर्न नसके पार्टी संकटमा पर्न सक्छ भन्दै आफूले ३ वर्ष अघिदेखि कार्यतालिका बनाएर काम गरौं भने पनि देउवाले नमानेको पौडेलले बताए। महाधिवेशन गर्ने समयमा असाधारण स्थिति भयो भन्दै पछाडि धकेलेको र अहिलेको असाधारण अवस्थामा गर्न लागिएको महाधिवेशनमा विधान मिच्दै महाधिवेशनलाई प्रभाव पार्न खोजेको बताए। चार वर्षमा महाधिवेशन गर्न नसक्ने सभापति अहिले कामचलाउ मात्रै भएकाले कुनै पनि निर्णय एक्लै गर्न नसक्ने पौडेलको जिकिर छ।

फागुन ७ गतेका लागि मिति तोकेर महाधिवेशनको तयारी सुरु भएकोले अहिले देखि नै आचारसंहिता सबैलाई लाग्ने पौडेलको भनाइ छ। पौडेलले पार्टीमा विधान मिचेको विषय गम्भिरतापूर्वकक उठाउँदै जाने र महाधिवेशनबाट सभापति देउवाको विकल्प खोज्ने पनि बताए।

Recent Comments

No comments to show.