तरुण दलद्वारा पूर्वप्रधानमन्‍त्रीको सम्झनामा स्वास्थ्य सामग्री वितरण

तरुण दलद्वारा पूर्वप्रधानमन्‍त्रीको सम्झनामा स्वास्थ्य सामग्री वितरण

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले पूर्वप्रधानमन्त्री दिवंगत सुशील कोइरालाको ८१औं जन्मजयन्तीका अवसरमा वृद्धवृद्धालाई फलफूल र स्वास्थ्य सामग्री वितरण गरेको छ ।

तरुण दलले बुधबार बिहान कोइरालाको जन्मजयन्तीको अवसरमा कालीमाटीमा रहेको वृद्धावस्था व्यवस्थापन तथा सामाजिक कल्याण गुठी (आमा घर) मा फलफूल र स्वास्थ्य सामग्री वितरण गरेको हो ।

फलफूल तथा स्वास्थ्य सामाग्री वितरण कार्यक्रममा नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्‍नेत, उपाध्यक्ष उत्तम चापागाईं, कोषाध्यक्ष विद्वान् गुरुङलगायतको उपस्थिति थियो ।

Recent Comments

No comments to show.