युवाहरूलाई सहि रुपमा राज्यले सदुपयोग गर्नुपर्छः तरुण अध्यक्ष बस्नेत

युवाहरूलाई सहि रुपमा राज्यले सदुपयोग गर्नुपर्छः तरुण अध्यक्ष बस्नेत

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले कोरोनाभाइरसको महामारीका कारण सबैभन्दा धेरै युवा वर्ग समस्यामा परेको बताएका छन् ।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा बुधबार शुभकामना सन्देश दिँदै अध्यक्ष बस्नेतले महामारीका कारण युवाहरूले स्वदेश र विदेशमा रोजगारी गुमाउनुपरेको बताए ।

‘वर्तमान समयमा विश्वब्यापी माहामारीको रुपमा रहेको कोरोनाभाइरसको कारण सबैभन्दा बढीपीडित पनि युवा वर्ग नै छन्’, उनले भनेका छन्, ‘स्वदेशमै रोजगारी गुमाएका होउन् या विदेशबाट रोजगारी गुमाएर आएका होउन् या स्वदेशमा नै विभिन्न पेशा व्यवसाय गरेर बसेकाहरू होउन् सबैभन्दा बढी मारमा युवाहरू नै छन् ।’

‘सम्पूर्ण युवाहरूको समस्यालाई मध्यनजर गर्दै सरकारलाई निश्चित योजना ल्याउनका लागि जोडदार माग गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ ।

‘हाम्रो देशको जनसंख्याको यत्रो ठूलो हिस्सा युवा वर्गको हुनु हामी युवाका लागि गर्वको कुरा हो’, उनले भने, ‘यति ठूलो संख्यामा रहेका युवालाई राज्यले सहि रुपमा सदुपयोग गर्न सक्नु पर्दछ ।’

उनले भने, ‘समाजका विभिन्न संयन्त्रका विभिन्न निकायमा सम्मानजनक सहभागिता गराउनुपर्दछ । बिगतदेखि वर्तमानसम्म समाज परिवर्तन, राजनीति क्रान्ति र आर्थिक रुपान्तरणमा युवाहरुको ठूलो योगदान रहँदै आएको छ ।’

बिक्रम संवत २०६८ को जनगणनाअनुसार नेपालको कुल जनसंख्याको ४०.३५५ जनसंख्या युवा वर्गको छ ।

अध्यक्ष बस्नेतले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली युवाहरूलाई अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेपाल तरुण दल केन्द्रीय समितिको तर्फबाट शुभाकामना व्यक्त गरेका छन् ।

सन् २००० देखि विश्वका विभिन्न मुलुक र सन् २००४ देखि नेपालमा अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसको रुपमा मनाइँदै आइएको छ ।

Recent Comments

No comments to show.