सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएको छ ।लगातार बढेर १ लाख ३ हजार ५ सय रुपैयाँ प्रतितोला पुगेको सुन आज एकैदिनमा घटेर ९५ हजार रुपैयाँ प्रतितोलामा कारोबार भईरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो १ हप्तामा सुनको मूल्यमा ८ हजार ५ सय रुपैैयाँको गिरावट आएको छ । मंगलबार प्रतितोला १ लाख १ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज ६ हजार ६ सय रुपैयाँले घटेको हो । 

यस्तै बुधबार चाँदीको मूल्य पनि प्रतितोला २ सय २५ रुपैयाँले ओरालो लागेको छ । मंगलबार प्रतितोला १ हजार ४ सय ३५ रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य बुधबार घटेर प्रतितोला १ हजार २ सय १० रुपैयाँ पुगेको छ । अन्तररष्ट्रिय बजारमा बुधबार सुनको मूल्यमा प्रतिऔंस २ दशमलव २९ प्रतिशतको गिरावट आउँदा १ हजार ८ सय ८२ डलरमा कारोबार भईरहेको छ ।

Recent Comments

No comments to show.