लिवर्टी ईनर्जीले भदौ ३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने

लिवर्टी ईनर्जीले भदौ ३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौं। लिवर्टी इनर्जी कम्पनीले भदौ ३ गतेदेखि सर्वसाधारणका लागि ३५ लाख ६४ हजार ९३० कित्ता साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीले यसअघि आयोजना निर्माणस्थल लमजुङबासीलाई अंकित मूल्य १०० का दरले ३७ करोड ५० लाख बराबरको ३७ लाख ५० हजार कित्ता जारी गरेको थियो । जसमा १३ लाख १५ हजार ९३० कित्ताका लागि आवदेन परेको थिएन ।

लगानीकर्ताले कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। आइपीओमा छिटोमा भदौ ७ गतेसम्म आवेदन दिन पाइनेछ भने सो अवधिसम्म सबै नबिकेमा भदौ १७ गतेसम्म आवेदन दिन सकिन्छ ।

कम्पनीको आइपीओमा धितोपत्र बोर्डबाट आस्वा अनुमति पाएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिन्छ।

 कम्पनीको आइपीओलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आइपीओ ग्रेड ४’ रेटिङ दिएको छ । जसले कम्पनीको आधारभूत अवस्था औषतभन्दा कमजोर रहेको जनाउँछ।

कम्पनीले लमजुङको दोर्दी गाउँपालिकामा २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ए जलविद्युत आयोजना निमार्ण गरिरहेको छ ।

यस आयोजनाको ब्याजसहित प्रतिमेगावाट लागत १८ करोड ५४ लाखका दरले कुल अनुमानित लागत ४ अर्ब ६३ करोड ६० लाख रहेको छ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

प्रतिमेगावाट लागत कति ?

लिवर्टी ईनर्जी कम्पनीले ५५६ जना संस्थापक शेयरधनीको पहलमा लमजुङ्गको दोर्दी गाउँपालिकामा २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ए जलविद्युत आयोजना निमार्ण गरिरहेको छ ।

यस आयोजनाको ब्याजसहित प्रतिमेगावाट लागत १८ करोड ५४ लाखका दरले कुल अनुमानित लागत ४ अर्ब ६३ करोड ६० लाख रहेको छ। कम्पनीको विद्युत उत्पादन अनुमतिपत्र विस २१०६ बैशाख १४ गतेसम्म रहेको छ।

आर्थिक वर्ष २०७५।७६ मा कम्पनीको प्रतिशेयर नेटवर्थ १०० रुपैयाँ रहेको छ। त्यसैगरी, आर्थिक वर्ष २०७६।७७ मा १०५.७४ रुपैयाँ र चालु आर्थिक वर्ष आर्थिक वर्ष २०७७।७८ को अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ११६.०७ रुपैयाँ कायम हुने प्रक्षेपण गरेको थियो।

कम्पनीको गरिएको लगानी फिर्ता हुन ८.२० वर्ष लाग्ने तथा डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १६.७७ वर्ष रहेको छ। कम्पनीले निविप्रासँग हिउँदमा प्रतिमेगावट ८.४० र वर्षा याममा ४.८० प्रतियुनिट दरमा विद्युत खरीद बिक्री सम्झौता गरेको छ। यो दर पाँच वर्षसम्म तीन प्रतिशतका दरले वृद्धि हुने सम्झौतामा उल्लेख छ।

Recent Comments

No comments to show.