पुनः घट्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार ?

पुनः घट्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सुनको मूल्य आज (सोमबार) पुनः घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई सय रुपैयाँ घटेर एक लाख दुई हजार ४०० रुपैयाँ कायम भएको छ।

आइतबार सुनकाे मूल्य प्रतितोला एक लाख दुई हजार ६०० रुपैयाँ निर्धारण गरिएको थियो।

यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोला दुई सय रुपैयाँ घटेर एक लाख एक हजार ९०० रुपैयाँ कायम भएको छ।

यसअघि साउन ७ देखि २५ गतेसम्म सुनकाे मूल्य लगातार उकालो लागेको थियाे। 

अन्तर्राष्ट्रिय बजारमा भाउ घटेपछि नेपाली बजारमा पनि सुनको भाउ घटेको हो। नेपालमा अन्तर्राष्ट्रिय बजारमा निर्धारण हुने सुनको भाउ अनुसार मूल्य निर्धारण हुने गरेको छ ।

Recent Comments

No comments to show.