काठमाडौं उपत्यकामा थपिए ९२ जना कोरोना संक्रमित

काठमाडौं उपत्यकामा थपिए ९२ जना कोरोना संक्रमित

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं उपत्यकामा थप ९२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९२ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।

प्रवक्ता गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा गरिएको परिक्षणमा काठमाडौंका ४४ जना, ललितपुरका १ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परिक्षणमा काठमाडौंका १८ जना, पाटन अस्पतालमा गरिएको परिक्षणमा काठमाडौंका ५ जना, स्टार अस्पतालमा काठमाडौंका १३ जना, ललितपुरका १ जना, ह्याम्स अस्पतालका गरिएको परिक्षणमा काठमाडौंका ८ जना, नेपाल कोरिया मैली अस्पतालमा गरिएको परिक्षणमा काठमाडौंका १ जना, विरेन्द्र अस्पतालमा गरिएको परिक्षणमा काठमाडौंका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।  

Recent Comments

No comments to show.