कोरोनाविरुद्ध प्रभावकारी खोप कहिले पत्ता नलाग्न पनि सक्छ : डब्लूएचओ

कोरोनाविरुद्ध प्रभावकारी खोप कहिले पत्ता नलाग्न पनि सक्छ : डब्लूएचओ

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुखले कोरोना भाइरसविरुद्धको खोप चाँडै उपलब्ध हुने आश रहे पनि उपयुक्त खोप कहिल्यै पत्ता नलाग्ने सम्भावना पनि रहेको बताएका छन् ।

डब्लूएचओका महानिर्देशक डाक्टर टेड्रोस एडहानम गेब्रियससले एक भर्चुअल पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै त्यस्तो चेतावनी दिएका हुन्।

अहिले कुनै पनि सिल्भर बुलेट छैन–र कहिल्यै नहुन पनि सक्छ अहिले विश्वभर कोरोनाविरुद्ध खोप निर्माण तथा परीक्षण भइरहेको छ तर अहिलेसम्म कुनै खोप बजारमा आइसकेको अवस्था छैन उनले भने ।

।’

विश्वभरका मानिसलाई सामाजिक दूरी, हातको सफाइ तथा मास्क प्रयोग गर्नेसहितका उपायहरु अपनाउन अपिल गरेका छन् ।

अहिलेका लागि महामारी नियन्त्रणमा लिने उपलब्ध उपाय भनेको परीक्षण, आइसोलेशन र बिरामीको उपचार नै हो । यस्तै संक्रमितको सम्पर्कमा आएका व्यक्तिको खोजी गरी क्वारेन्टिनमा राखिनुको विकल्प छैन नले भनेका छन् ।’

यस्तै प्रमुख डा। टेडरोजले कोरोना भाइरसको संक्रमण भएका आमाहरुलाई सन्तानलाई दूध चुसाउन नछोड्न पनि आग्रह गरेका छन् । दूधबाट संक्रमण नफैलिने भएकाले स्तनपान जारी राखिनु पर्ने उनले बताएका हुन् ।

पछिल्लो महिना अक्सफोर्ड विश्वविद्यालयले घोषणा गरेको थियो कि उसले बनाएको खोप परीक्षण क्रममा सुरक्षित र प्रभावकारी देखिएको छ। जसले रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ। अब उक्त खोपको आगामी परीक्षणमा झन्डै १० हजार मानिस सहभागी हुँदैछन्।

विश्वभर कोरोना भाइरसबाट अहिलेसम्म एक करोड ८० लाख भन्दा बढी मानिस संक्रमित भएका छन् । त्यसमध्ये ६ लाख ८९ हजार भन्दा बढीको ज्यान गएको छ ।

Recent Comments

No comments to show.