नेपाल बैंकले ८ प्रतिशतमै घरकर्जा दिने

नेपाल बैंकले ८ प्रतिशतमै घरकर्जा दिने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। नेपाल बैंक लिमिटेडले ७ दशमलव ९९ प्रतिशत ब्याजदरमा घरकर्जा उपलब्ध गराउने भएको छ।

बैंकले घर निर्माण, घर खरिद तथा तला थप गर्नका लागि सस्तो ब्याजदरमै घरकर्जा दिने भएको हो।

घरकर्जासँगै बैंकले आज विज्ञप्ति निकाल्दै वार्षिक ८ दशमलव ९९ प्रतिशत ब्याजदरमै नयाँ लघु उद्यम कर्जा उपलब्ध गराउने जानकारी दिएको छ।

जुन, नेपालमा त्यस क्षेत्रमा उपलब्ध हुने सबैभन्दा सस्तो ब्याजदर भएको बताइएको छ।

योसँगै समृद्ध व्यवसाय कर्जा र घडेरी कर्जासमेत सस्तो ब्याजदरमै दिने बताएको छ।

बैंकले दिने उक्त कर्जा लिन सम्बन्धित निकायमा दर्ता भई नियमितरूपमा सञ्चालन भइरहेको हुनु पर्नेछ।

यसका साथै नयाँ सञ्चालन हुने क्रममा रहेका उद्योग वा व्यापार/व्यवसाय सञ्चालन र विस्तारका लागि २५ लाखदेखि ९९ लाखसम्मको लघु उद्यम कर्जा उपलब्ध हुनेछ।

यस्तै एक करोडदेखि तीन करोडसम्मको चालू तथा स्थिर पुँजी व्यवस्थापनका लागि समृद्ध व्यवसाय कर्जा उपलब्ध गराउने बैंकले जानकारी दिएको छ।

यस्ता कर्जा पाउन व्यवसायलाई आवश्यक पर्ने संरचना निर्माण, यन्त्र वा उपकरण, पुँजीकर्जा उपलब्ध हुनेछ।

लघु उद्यम कर्जा पाउन आवश्यक पर्ने सम्पूर्ण कागजात पेश गरेको ७ दिनभित्र निर्णय गरेर कर्जा दिने बैंकको भनाइ छ।

घडेरी खरिद गरी घर निर्माण गर्ने उपभोक्तालाई लक्षित गरेर बैंकले घडेरी कर्जा पनि ल्याएको छ। जसको वार्षिक ब्याजदर ९ दशमलव ९९ प्रतिशत छ।

यो कर्जाअन्तर्गत खरिद गरिने घडेरी जग्गा कम्तीमा साढे दुई आना वा साढे चार धुरदेखि बढीमा एक रोपनी वा डेढ कठ्ठासम्म क्षेत्रफल भएको हुनु पर्नेछ। कर्जाको अवधि ५ देखि २० वर्षसम्म कायम हुनेछ।

Recent Comments

No comments to show.