मौसम पूर्वानुमान : कस्तो रहला दिनभरको मौसम ?

मौसम पूर्वानुमान : कस्तो रहला दिनभरको मौसम ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अहिले प्रदेश नम्बर ५, कर्णाली प्रदेश र सुदूपश्चिम प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली रहेको छ । मनसुनी न्युन चापीय रेखा हाल नेपाल भन्दा दक्षिण तर्फ अवस्थितकाले भारी वर्षाको सम्भावना छैन ।

दिउँसो देशभर आंशिक बादली रहेता पनि अपरान्ह पछि सामान्य बदली रहने छ भने प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशको केही स्थानहरुमा तथा बाँकी प्रदेशका थेरै स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तो छ तीन दिनको पूर्वानुमान

साउन २० गते (मंगलबार)

दिउँसोः देशभर आंशिक बादली रहेता पनि अपरान्ह पछि सामान्य बदली रही प्रदेश न. १, प्रदेश न. २ र बाग्मती प्रदेशको केही स्थानहरुमा तथा बाँकी प्रदेशका थेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती :देशभर सामान्य बदली रही सुदुर-पश्चिम प्रदेश, कर्णाली प्रदेश, प्रदेश न ५ र गण्डकी प्रदेशका थोरै स्थानहरु तथा बाँकी प्रदेशको केहि स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका थेरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

साउन २१ गते (बुधबार)

दिउँसोः देशभर आंशिक देखि सामान्य वदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वाग्मती प्रदेश र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

राती : देशका अधिकांश भू-भागमा सामान्य वदली रही प्रदेश न १ प्रदेश न २ र बाग्मती प्रदेशका केही स्थानहरु तथा वाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

साउन २२ गते (बिहिबार)

दिउँसोः देशभर सामान्य बदली रही प्रदेश न. १, प्रदेश न. २ र बाग्मती प्रदेशको केही स्थानहरुमा तथा बाँकी प्रदेशका थेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वाग्मती, गण्डकी प्रदेश प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

राती : देशभर आंशिक देखि सामान्य बदली रही थेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

सुदुर-पश्चिम प्रदेश, कर्णाली प्रदेश, प्रदेश न ५ र गण्डकी प्रदेशका थोरै स्थानहरु तथा बाँकी प्रदेशको केहि स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका थेरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना समेत हुनसक्ने देखिएकोले उक्त स्थानहरुमा आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

Recent Comments

No comments to show.