संक्रमणका कारण भारतमा २५ जना नेपालीको ज्यान गयो

संक्रमणका कारण भारतमा २५ जना नेपालीको ज्यान गयो

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड १९) को संक्रमणका कारण यो साता थप २८ जना नेपालीको ज्यान गएको पुष्टी भएको छ ।

संक्रमणका कारण भारतमा मात्रै २५ जना नेपालीको ज्यान गएको गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले जानकारी दिएको छ ।

भारतमा तीव्र गतिमा फैलिरहेको संक्रमणका कारण नेपाली पनि प्रभावित भएको र उनीको मृत्युको दर पनि बढिरहेको बताउँदै समितिका संयोजक डा. संजीव सापकोटाले भने, अल इन्डिया इष्टिच्युट अफ मेडिकल साइन्स नयाँ डिल्लीमा कार्यरत डा. सागर पौडेलले दिएको जानकारी अनुसार भारतमा थप २५ जनको मृत्यु भएको हो ।

भारतको महाराष्ट्रमा रहेका नेपालीहरु बढी प्रभावित छन् ।

यस्तै यही साता साउथ अफ्रिकामा पहिलो पटक एक नेपालीको मृत्यु भएको छ । साउदी अरबमा २ जनाको संक्रमणकै कारण ज्यान गएको छ । योसँगै संक्रमणका कारण विदेशमा मात्र १ सय ८९ जना नेपालीको मृत्यु भएको छ ।

शनिवार साँझ सम्म नेपालका ५६ सहित विश्वभर २ सय ४५ जना नेपालीको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।

यसैबीच कोरोना भाइरस संक्रमणका कारण विदेशमा अलपत्र ३७ हजार ४ सय २४ जना नेपाल फकिएका छन ।

नेपाल सरकारले विदेशमा रहेका नेपालीहरुको उद्धारको लागि थप ५४ वटा थप उडान गर्न अनुमति दिएको छ । उद्धार उडान आगामी शनिबार (८ अगष्ट) सम्म हुनेछ ।

चौथोपटक अनुमति दिइएका मुलुक तथा सहरहरुमा जापान, मलेसिया, चीन, कुनमिङ, अस्ट्रेलिया, जेद्दा, दुबई, रियाद, कुवेत, कतार, दमाम, अबुधाबी र सारजहा छन ।

Recent Comments

No comments to show.