गुल्मीको रुरुक्षेत्रमा पहिरो, एकै परिवारका चार जनाको ज्यान गयो

गुल्मीको रुरुक्षेत्रमा पहिरो, एकै परिवारका चार जनाको ज्यान गयो

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। गुल्मीमा पहिरोमा परेर एकै परिवारका चार जनाको ज्यान गएको छ ।
रुरुक्षेत्र गाउँपालिका ५ अन्तर्गत टाहाटिम नजिकै आँटीपाटामा गएराति स्थानीय राजु माझीको घर पहिरोले पुरिएको हो ।

पहिरोमा परेर ज्यान जानेमा राजु बोटेमाझीकी श्रीमती वर्ष ३० की बीना, उनका छोराहरु वर्ष १० का हेमन्त, वर्ष ७ का सागर र दश महिनाकी छोरी विनिता रहेको रुरुक्षेत्र गाउँपालिका–५ का वडाध्यक्ष हरिप्रसाद ज्ञवालीले जानकारी दिए । बेलुकी ५ बजेदेखि अविरल वर्षा भइरहेको कारण राति घर माथिबाट ठूलो चट्टानसहितको पहिरो खसेकाले घर पुरिएको बताइएको छ ।

पहिरोमा परेर ज्यान गुमाएका चारै जनाको शव निकाली सकिएको छ । घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय रिडी र प्रहरीचौकी जोहाङ्ग खैरेनीबाट प्रहरी टोली घटनास्थलतर्फ गएको छ । राजु भने वैदेशिक रोजगारीमा रहेको बताइएको छ ।

Recent Comments

No comments to show.