उपत्यकामा थपिए ३८ जना कोरोना संक्रमित

उपत्यकामा थपिए ३८ जना कोरोना संक्रमित

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं उपत्यकामा थप ३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३८ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।

प्रवक्ता गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा गरिएको परिक्षणमा काठमाडौंका ८ जना, शुक्रराज ट्रपिकल तथा शरुवा रोग अस्पतालमा गरिएको परिक्षणमा काठमाडौंका ३ जना, ललितपुरका २ जना, पाटन अस्पतालमा गरिएको परिक्षणमा काठमाडौंका २ जना, ललितपुरका २ जना, विर अस्पतालमा गरिएको परिक्षणमा काठमाडौंका १ जना, नेपाल प्रहरी अस्पतालमा गरिएको परिक्षणमा काठमाडौंका १८ जना, ललितपुरका १ जना, नेपाल मैत्री अस्पतालमा गरिएको परिक्षणमा भक्तपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।  

Recent Comments

No comments to show.