थप २७४ जनामा कोरोना संक्रमण पुष्ठि

थप २७४ जनामा कोरोना संक्रमण पुष्ठि

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा ६ हजार ३ सय ४ जनाको पिसिआर विधिबाट गरिएको नमुना परिक्षणमा २ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ५ सय ४७पुगेको मन्त्रालयले बताएको छ ।

पछिल्लो २४ घण्टामा थप २ सय २७ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १४ हजार २ सय ४८पुगेको छ।

कुल संक्रमितमध्ये ५२ जनाको मृत्यु भएको छ।

Recent Comments

No comments to show.