प्रहरी मुख्यालयका थप ९ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि

प्रहरी मुख्यालयका थप ९ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। नेपाल प्रहरीको मुख्यालय नक्सालका थप ९ प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।

नयाँ थपिएका संक्रमितहरू पनि यसअघि संक्रमण पुष्टि भएका संक्रमितहरूको कन्ट्याक्ट ट्रेसिङमा परेका हुन्। अधिकांश संक्रमितहरू चालक, मेकानिक्स र मेसमा काम गर्ने छन्।

मुख्यालयमै पछिल्लो चार दिनमा मात्रै ४४ जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमितमा असई १, हवल्दार ९, प्रहरी जवान ३२ र कार्यालय सहयोगी २ जना छन् । संक्रमणको जोखिम बढेपछि थप सतर्कता अपनाइएको छ।

Recent Comments

No comments to show.