रोकिएन सुन महँगिने क्रम,कतिमा हुँदैछ कारोबार ?

रोकिएन सुन महँगिने क्रम,कतिमा हुँदैछ कारोबार ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सुनको भाउ अहिलेसम्मकै महंगो भएको छ । विश्व बजारमा सुनको भाउ बढेसँगै नेपालमा पनि सुनको भाउ निरन्तर उकालो लागि रहेको छ । देशमा जारी रहेको लकडाउन खुकुलो भएसँगै खुलेको सुनको कारोबारमा केहि कमी आएता पनि सुनको भाउ भने आकाशिदो क्रममा रहेको छ ।

सुन आज तोलामा ५ सय रुपैयाँले बढेर ९९ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार प्रतितोला ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज पाँच सय रुपैयाँले बढेको हो ।

कोरोनाका कारण विश्व अर्थतन्त्र ओरालो लागिरहेका बेला डलरप्रतिको अविश्वास बढ्दैं जानु र लगानीकर्ता सुनमा आकर्षित हुँदा सुनको भाउ बढेको हो ।अन्तर्राष्ट्रिय बजारमा डलर र सुन दुवैलाई लगानीको सुरक्षित क्षेत्र मानिने गरिएकोमा कोरोनाभाइरससँगै अमेरिकी अर्थतन्त्रमा देखिएको संकटका कारण डलरप्रतिको विश्वसनीयता गुम्दै गएको देखिन्छ ।

सुनको भाउले आज नयाँ रेकर्ड बनाए पनि चाँदीको भाउ भने स्थिर नै रहेको छ । चाँदीको आज पनि तोलाको १२ सय २५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

Recent Comments

No comments to show.