काठमाडौं । साताको चौथो दिन बुधबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ ।
बुधबार नेप्से परिसूचक २३. ३६ अंकले घटेर १४३१.५२ अंकमा बन्द भएको छ।
आज १८७ कम्पनीका ३८ लाख ३९ हजार ६७१ कित्ता शेयर २४ हजार २२४ पटक खरीद बिक्री हुँदा कूल १ अर्ब ६८ करोड ७० लाख ९३ हजार ९१ रुपैयाँको शेयर कारोबार भएको छ । मंगलबारको तुलनामा कारोबार रकम भने ४२ करोड ७३ लाख रुपैयाँले बढेको हो। मंगलबार १ अर्ब २५ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको थियो ।
कारोबार अवधिभर नै ऋणात्मक रहेको नेप्से अन्त्यसम्मै घट्न पुग्यो। अल्पकालीन लगानीकर्ताहरुबाट छोटो अवधिका लागि नाफा बुकिङ्ग कारण बिक्रीचाप बढ्न जाँदा अन्त्यसम्मै सूचकमा घट्न पुगेको हो। ठूला कम्पनीको शेयर सूचक मापन सेन्सेटिभ इन्डेक्स ५.१८ अंकले घटेर ३००.४९ बिन्दुमा बन्द भएको छ।
आज कारोबारमा आएका १२ वटै उपसमूहको सूचक ऋणात्मक बनेका छन्। होटलको सूचक सबैभन्दा धेरै ३.६४ प्रतिशतले घट्दा निर्जीबन बीमा २.३९, लघुवित्त २.२४ र जीबन बीमाको सूचक २.१८ प्रतिशतले घटेको छ। बैंकिङ्ग १.७३, ब्यापार १.३१, विकास बैंक १.१८, उत्पादनमूलक १.७७, म्युचुअल फण्डको सूचक १.५१ प्रतिशतले घटेका छन्। वित्त, जलविद्युत, अन्यको सूचक भने १ प्रतिशतभन्दा कमले घटेका छन् ।
आज नेपाल रि-इन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै १५ करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ। नेपाल लाईफ इन्स्योरेन्सको १० करोड ८१ लाख ३३ हजारको शेयर कारोबार भएको छ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया