काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार तोलामा ३०० रुपैयाँले बढेर सुनको भाउ प्रतितोला ९८ हजार ५०० रुपैयाँ तथा चाँदी १ हजार २२५ रुपैयाँ कायम भएको छ ।
मंगलबार सुन प्रतितोला ९८ हजार २०० रुपैयाँ तथा चाँदी १ हजार २४५ रुपैयाँ मा कारोबार भएको थियो।अघिल्लो दिनको तुलनामा सुनको मूल्य ३०० रुपैयाँले बढेको हो भनेचाँदी प्रतितोला २० रुपैयाँले घटेको हो ।
अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्यवृद्धिसँगै यहाँ पनि भाउले दिनहुँ नयाँ ‘रेकर्ड’ बनाएको हो । नेपालमा अन्तर्राष्ट्रिय बजारमा निर्धारण हुने सुनको भाउ अनुसार मूलल्य निर्धारण हुने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा नै सुनमा लगानीकर्ता आकर्षित बन्दा त्यसको प्रत्यक्ष असर स्थानीय बजारमा पर्न गएको हो ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया