बसन्ती सुवेदीको : बुढा बा !

बसन्ती सुवेदीको : बुढा बा !

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ठूलो वर्षात,टन्टलापुरे घाम

अनि औंशिको रातमा समेत

सुस्केरा हाल्दै,पसिना बगाउदै

पिठ्युँमा डोको राखेका छन् 

ती बुढा बा ले


त्यही डोकोको साहराले गर्दा 

आज सन्तानको पेट 

गरुङ्गो बन्न पाएको छ

त्यो वर्षात अनि घाममा 

बुढा बा संगै साथी 

भएको छ डोको पनि


त्यो औंशिको रातमा ठुलाठुला

पहाड उक्लिएर

सन्तानको मुहारमा पुर्णिामाको

जुन देख्नु छ ,अनि सन्तानकै

भबिस्यमा समथर भुभाग 

बनाउनु छ ,जहाँ कुनै

अप्ठ्यारो खुड्किला नहोस् 


औधी माया अनि जतन छ 

उनलाई त्यो प्यारो डोकोको

जब वर्षात हुन्छ,चारैतिर

प्वाल परेको कमिज ,त्यहीँ 

पनि आङ्गबाट झिकेर ,आफू

निथ्रुक्क भै त्यो बूढो हड्डी 

घोटाउन बाध्य छन् 


किनकी उनलाई थाहा छ 

डोको फाटेमा ,सन्तानको भोक

फाट्ने छ अनि भबिस्य त झन् 

छताछुल्ल हुने छ

त्यसैले डोकोले मालसामान 

मात्र नभई कयौं परिवारको

जिन्दगी बोकेको हुन्छ।

Recent Comments

No comments to show.