‘हावाबाट पनि कोरोना भाइरस सर्ने प्रमाण भेटियो’- डब्लुएचओ

‘हावाबाट पनि कोरोना भाइरस सर्ने प्रमाण भेटियो’- डब्लुएचओ

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस हावाबाट सर्ने प्रमाणलाई स्वीकार गरेको छ।

अति सना अर्थात सुक्ष्म कणहरु हावाको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा जाने र त्यसमा कोरोना भाइरस रहेमा अर्को व्यक्तिमा संक्रमण हुने सक्ने पछिल्ला प्रमाणहरु देखिएको डब्लुएचओले उल्लेख गरेको छ ।

यसअघि विश्वका ३२ देशका दुई सय ३९ वैज्ञानिकहरुले हावामा फैलने कोरोना भाइरसले पनि मानिसलाई संक्रमित बनाउन सक्ने भन्दै यससँग सम्बन्धित आफ्ना निर्देशनलाई संशोधन गर्न डब्लुएचओलाई आग्रह गरेका थिए।

डब्लुएचओले कोरोना भाइरस मुख्य रुपमा हाँछ्यु गर्दा या बोल्दा मुखबाट निस्कने स–साना ड्रपलेटबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्ने बताउँदै आएको थियो ।

वैज्ञानिकहरुले हाँछ्यु गरेपछि निस्कने ड्रपलेट हावामा जति टाढासम्म जान सक्छ, तिनमा भएका भाइरसले मानिसलाई संक्रमित बनाउनसक्ने दाबी गरेका छन्।

डब्लुएचओको संक्रमण नियन्त्रण तथा सावधानीका प्राविधिक प्रमुख बेनेडेट्टा एलिग्रान्जीले भिडभाड, बन्द वा भेन्टिलेशन कमजोर रहेको ठाउँमा कोरोना भाइरसको संक्रमण वायुको माध्यमबाट पनि फैलिन सक्ने भनी आएका पछिल्ला प्रमाणहरुलाई अस्वीकार गर्न नसकिने तर अनुसन्धानको खाँचो रहेको बताए ।

विशेष गरी भिडभाड युक्त क्षेत्रमा वायु मार्फत कोरोना भाइरसको संक्रमण (एअरबर्न ट्रान्समिसन) फैलिन सक्ने कुरा पूर्ण रुपमा अस्वीकार गर्न नमिल्ने डब्लुएचओका अधिकारीले बताएका छन् ।

Recent Comments

No comments to show.