थप १ सय ८० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १५ हजार ९६४ पुग्यो

थप १ सय ८० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १५ हजार ९६४ पुग्यो

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २ सय ६४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्।

यो सहित डिस्चार्ज हुनेको संख्या ६ हजार ८ सय ११ पुगेको छ। मृतकको संख्या ३५ पुगेको छ । बागलुङमा क्वारेन्टिनमा मृत्यु भएका युवकको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट पुष्टि हुन बाँकी नै रहेको छ ।

Recent Comments

No comments to show.