काठमाडौं । ६ महिनादेखि बन्द रहेको चीनसँगको अन्तर्राष्ट्रिय नाका रसुवागढी सोमबारबाट पुनः सञ्चालनमा आएको छ ।
दुई देशबीच व्यापार सुरु गर्ने सुरक्षा मापदण्डमा समझदारी जुटेपछि नाका खुल्ने निश्चित भएको रसुवागढी भन्सार कार्यालयका भन्सार प्रमुख पुण्यविक्रम खड्काले बताए ।
नाका सञ्चालन प्रोटोकलअनुसार दैनिक चारवटा चिनियाँ ट्रकले १२० टन सामग्री दुई देशबीचको सीमा मितेरी पुलसम्म ल्याइदिने छ । नेपालतर्फ आयात हुने सामानको ढुवानी र लोड गर्न नेपालीहरू नै परिचालित हुने र त्यसका लागि १५ जना चालक र १५ जना लोडरी गरी ३० जना जनशक्ति चीनतर्फ पठाइएको पनि खड्काले बताए ।
चीनको केरुङतर्फ जाने सडकमा हिउँ परेको तथा ढुंगाहरू खसेर दुर्घटनाको सम्भावना भएपछि १५ माघमा नाकाबाट आवत–जावत तथा आयात–निर्यात ठप्प भएको थियो । त्यसयता कोभिड–१९ का कारण माघ १५ देखि नै रसुवागढी नाकाबाट आयात–निर्यात तथा आवतजावत ठप्प थियो ।
प्रतिक्रिया