नेपाल एयरलायन्सका पाइलटसहित ६ जनामा कोरोना संक्रमण पुष्टि

नेपाल एयरलायन्सका पाइलटसहित ६ जनामा कोरोना संक्रमण पुष्टि

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौ । विदेशमा अलपत्र रहेका नेपालीको उद्धारका लागि खटिएका नेपाल एयरलायन्सका पाइलटसहित ६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।

एयरलाइन्स स्रोतका अनुसार सोल्टी होटलमा क्वारेन्टिनमा रहेका उनीहरूमा संक्रमण पुष्टि भएको हो।

विश्व महामारी कोरोनाभाइरसका कारण थुप्रै नेपालीहरु विदेशमा अलपत्र छन्। केही सातादेखि विभिन्न देशमा रहेका नेपालीहरुको उद्धारका लागि नेपाल एयरलायन्सको जहाज जाँदै आएको छ। 

यसरी विदेशमा रहेका नेपालीलाई उद्धार गरी स्वदेश फर्काउने कार्यमा संलग्न नेपाल एयरलायन्सका क्याप्टेनसहित ६ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो।

उद्धारका क्रममा विशेष सावधानी अपनाइएको बताइए पनि नेपाल एयरलायन्सका क्याप्टेसनसहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सतर्कतामाथि प्रश्नचिह्न उब्जिएको छ। 

Recent Comments

No comments to show.