लगानीकर्तालाई ब्रोकरले सहयोग नगरेकोमा रुष्ट नेप्सेले दियो १० बुँदे प्रष्टिकरण

लगानीकर्तालाई ब्रोकरले सहयोग नगरेकोमा रुष्ट नेप्सेले दियो १० बुँदे प्रष्टिकरण

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अनलाइन कारोबारमा लगानीकर्तालाई अभ्यस्त गराउने काम ब्रोकरहरुले नगरेको भन्दै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले असन्तुष्टि व्यक्त गरेको छ ।

नेप्से प्रवक्ता मुराहरी पराजुलीद्धारा जारी विज्ञप्तिमा अनलाइन कारोबारमा लगानीकर्तालाई अभ्यस्त नगराएको, ब्रोकरले चलाउने टिएमएस व्यवस्थित नगरेको, डाटा सेन्टर व्यवस्थित नबनाएको भन्दै असन्तुष्टि जनाईएको हो ।

खरिद वा बिक्रि आदेश दिने क्रममा कुनै समस्या आएमा ब्रोकरलाई नै समस्या बारे जानकारी गराउन र ब्रोकरबाट समस्या समाधान हुने नहुने यकिन गरेर मात्र नेप्से सपोर्टमा सम्पर्क गर्न नेप्सेले आग्रह गरेको छ ।

‘सदस्य दलालले लगानीकर्तालाई उपलब्ध गराएको टेड म्यानेजमेन्ट सिस्टम(टिएमएस)लाई संचालन तथा व्यवस्थापन गर्ने प्रथम जिम्मेवारी सम्बन्धित सदस्य दलालको भएको सम्बन्धित सबैलाई स्मरण गराउँदै सदस्य दलालहरुबाट समस्या समाधान हुनसक्ने नसक्ने यकिन गरेपछि मात्रै नेप्से सपोर्टमा सम्पर्क गर्न अनुरोध गरिन्छ विज्ञप्तिमा भनिएको छ ।

‘सदस्य दलालले लगानीकर्तालाई उपलब्ध गराएको टिएमएस तथा सदस्य दलालको डाटा सेन्टर संचालन गर्ने सम्पूर्ण जिम्मेवारी सम्बन्धित सदस्य दलालको हो ।

त्यसैले उल्लेखित टिएमएस र डाटा सेन्टरलाई अद्यावधिक गरी गराई संचालन तथा व्यवस्था गर्न/गराउन सम्पूर्ण सदस्य दलाललाई जानकारी गराइन्छ विज्ञप्तिमा उल्लेख गरिएको छ । ’

Recent Comments

No comments to show.