आजबाट ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा

आजबाट ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ।

नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र रहेको, दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको, नोटमा गभर्नरको दस्तखत रहेको स्थानमा तत्कालीन गभर्नर डा चिरञ्जीवी नेपालको हस्ताक्षर रहेको छ।

केन्द्रीय बैंकका अनुसार नोटमा साविककै आकार, प्रकार तथा रंगमा सङ्केत नम्बर ज ८९०००००१ देखि ट ३३९९९९९९ सम्म ‘नेपाल सरकारको जमानत प्राप्त यसको भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५० पाइनेछ’ भन्ने व्यहोरा उल्लेख छ ।

नोटको अग्रभागमा

१.नोटको बायाँतर्फ सगरमाथाको चित्र रहेको ।

२.नोटको दायाँतर्फ लालीगुँरासको पानी छाप रहेको ।

३.नोटमो गभर्नरनको दस्तखत रहने स्थानमा तत्कालीन गभर्नर डा. चिरञ्जिवी नेपालको दस्तखत रहेको ।

४.नोटको तल्लो भागको बोर्डरमा नोटको सेरिज नम्बर नेपालीमा वि.सं. २०७५ लेखिएको ।

नोटको पृष्ठ भागमा

१.नोटको मध्यभागमा अंग्रेजीमा NEPAL RASTRA BANK लेखिएको ।

२.नोटको मध्यभागमा हिउँ चितुवाको चित्र रहेको ।

३.नोटको तल्लो भागको बोर्डरमा अंग्रेजी RUPEES FIFTY लेखिएको ।

४. नोटको तल्लो भागको बोर्डरमा नोटको सेरिज नम्बर अंग्रेजीमा 2019 A.D.लेखिएको । 

Recent Comments

No comments to show.