काठमाडौं । बझाङको केदारस्युँ गाउँपालिकामा पहिराले १७ घर बगाएको छ । गएराति बस्तीमाथिवाट एक्कासी झरेको पहिरोले घरहरु बगाएको हो । पहिरोले केदारस्युँ गाउँपालिका बडा नम्बर आठको मल्लेसीमा रहेका घरहरु बगाएको हो ।
पहिरोमा परेर केही स्थानीय बेपत्ता भएका छन । पहिरोले पुर्याएको क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको छ । पहिरोले जलविद्युत आयोजनाको पावरहाउस पनि पुरेको छ ।
पहिरोले बस्ती पुरेको जानकारी पाएपछि प्रहरीको टोली त्यसतर्फ गएको छ । घटनास्थल सदरमुकाम चैनपुरदेखि डेढ घण्टाको मोटरबाटो र त्यहाँबाट पैदल करिब पाँच घण्टाको दुरीमा रहेको छ ।
प्रतिक्रिया