एकैदिन २ लाख ८ हजार जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १ करोड १० लाख नाघ्यो

एकैदिन २ लाख ८ हजार जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १ करोड १० लाख नाघ्यो

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विश्वभर एकैदिन दुई लाख भन्दा बढी ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा विश्वभर २ लाख ८ हजार २६ जनामा कोरोना भाइरसको संक्रमण देखिएसँगै  संक्रमितको संख्या १ करोड १० लाख ४७ हजार २ सय  १७  पुगेको हो ।

यो एकै दिन संक्रमण पुष्टि भएको अहिलेसम्मकै सबैभन्दा धेरै संख्या हो । एकैदिन विश्वभर पाँच हजार एक सय ४५ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।

कोरोना भाइरसका कारण अमेरिकामा चौबिस घण्टामा ५६ हजार ८ सय ७५ जना नयाँ संक्रमित थपिएका छन् ।

ज्यान गुमाउनेको संख्या १ लाख ३१ हजार ५ सय ३ पुगेको छ । २८ लाख ३७ हजार ६ सय ८१ जना संक्रमित छन । ब्राजिलमा ४७ हजार ९ सय ४८ जना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।

ब्राजिलमा मृत्यु हुनेको संख्या ६१ हजार ९ सय ९० पुगेको छ । १५ लाख १ हजार ३ सय ५३ जनामा संक्रमण पुष्टि भएको छ । रुसमा ६ हजार ७ सय ६० जना नयाँ संक्रमित थपिएका छन ।

भारतमा संक्रमितको संख्या  ६ लाख २५ हजार ५ सय ४४ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या १८ हजार २ सय १३ पुगेको छ। भारतमा हालसम्म ३ लाख ७९ हजार ८ सय ९२ संक्रमित संक्रमणमुक्त भएका छन्।

Recent Comments

No comments to show.