काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ७४० जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेका हुन् ।
योसंगै नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या १५ हजार २५९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ८२३ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ६ हजार १ सय ४३ पुगेको छ।
प्रतिक्रिया