कोरोना अपडेट : विश्वभर २४ घण्टामा अहिलेसम्मकै सर्वाधिक २ लाख ८ हजार संक्रमित

कोरोना अपडेट : विश्वभर २४ घण्टामा अहिलेसम्मकै सर्वाधिक २ लाख ८ हजार संक्रमित

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्मकै सर्वाधिक २ लाख ८ हजारभन्दा बढी संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा २ लाख ८ हजार ८६४ जना संक्रमित भएका छन् । योसँगै विश्वभर संक्रमितको संख्या १ करोड ९ लाख ७४ हजार ४२१ पुगेको छ ।

विश्वभर पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ५ हजार १५५ छ । योसँगै मृत्यु हुनेको संख्या ५ लाख २३ हजार २४२ पुगेको छ  ।उपचारपछि निको हुनेको संख्या ६१ लाख ३५ हजार २३२ पुगेको छ भने ४३ लाख १५ हजार ७०९ जनाको उपचार भइरहेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा १ लाख ९२ हजार ५६४ जनाको मृत्यु भएको छ । २४ लाख ४० हजार ६२५ जना संक्रमित भएकोमा १३ लाख ९७ हजार ५०६ जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ७१ हजार ९५६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ३३ लाख ३ हजार ८१३ पुगेको छ । त्यसमध्ये १४ लाख ४९ हजार ५३८ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा ५८ हजार ८८९ जनाको मृत्यु भएको छ । २४ लाख १९ हजार ८४८ जना संक्रमित भएकोमा १६ लाख ८ हजार ९६६ जना संक्रमणमुक्त भएका छन् ।दक्षिण अमेरिकी मुलुकहरूमा ८८ हजार ९६५ जनाको मृत्यु भएको छ । २३ लाख ६२ हजार २१० जना संक्रमित भएकोमा १४ लाख ५९ हजार ६५१ जना संक्रमणमुक्त भएका छन् । अफ्रिकी मुलुकहरुमा १० हजार ६२२ जनाको ज्यान गएको छ भने ४ लाख ३४ हजार ४४२ संक्रमित छन् । संक्रमितमध्ये २ लाख ९ हजार ६१६ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२६ जनाको मृत्यु भएको छ । ९ हजार ६४६ जना संक्रमित भएकोमा ८ हजार ६८७ जना संक्रमणमुक्त भएका छन् ।

Recent Comments

No comments to show.