बैंकको ब्याजमा शतप्रतिशत छुट दिन काठमाडौं उद्योग वाणिज्य संघ अन्तर्गतका उद्योगीको माग

बैंकको ब्याजमा शतप्रतिशत छुट दिन काठमाडौं उद्योग वाणिज्य संघ अन्तर्गतका उद्योगीको माग

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौंका उद्योगी व्यवसायीले लकडाउन अवधिको बैंकको ब्याजमा शतप्रतिशत छुटको माग गरेका छन् ।

काठमाडौं उद्योग वाणिज्य संघ अन्तर्गतको काठमाडौं जिल्ला उद्योग व्यवसायी कोभिड–१९ संकट व्यवस्थापन समितिले ९८ दिनको लकडाउन अवधिमा बैंकिङ कारोबारसम्बन्धी विषयमा छलफल गर्दै त्यस्तो माग गरेको हो ।

संघले लकडाउनको उक्त अवधिलाई सर्वोच्च अदालतले समेत शुन्य अवधि मान्नुपर्ने आदेश गर्दै व्यवसायीसँग कर नउठाउन आदेश दिइएको भन्दै सो अवधिको बैंकिङ ब्याज तथा पेनाल छुट गर्नुपर्ने माग गरेको हो । संघले यस्तो छुट एक करोडसम्मका ऋणीलाई शतप्रतिशत, एकदेखि ५ करोडसम्मका ऋणीलाई ५० प्रतिशत र ५ करोडभन्दा माथिका ऋणीलाई २५ प्रतिशतसम्म दिनुपर्ने संघको माग छ ।

त्यस्तै, राष्ट्र बैंकको निर्देशन बमोजिम चैत महिनासम्मको कर्जाको ब्याज बुझाएमा १० प्रतिशत छुट दिनुपर्ने, लकडाउन पूर्ण रुपमा खुल्नेबित्तिकै व्यवसायीहरुलाई तरलतामा समस्यापर्ने भएकोले २० प्रतिशतसम्म थप ऋण सहज ढंगले दिनुपर्ने व्यवस्था गर्न माग गरिएको छ ।

ऋणको सावाँ बुझाउने समय कम्तीमा १ वर्षसम्म थप हुनुपर्ने, ऋणीको बैंक खातामा रहेको पैसा स्वतः व्याज प्रयोजनका लागि कट्टा गर्न नपाइने व्यवस्था गर्नुपर्ने, एक वर्षसम्म सबै कर्जाको ब्याजदर आधार दर बराबर नै कायम गर्नुपर्ने, अन्य दस्तुर लिन नपाइने तथा सुक्ष्म निगरानी तथा कालोसूचीमा राख्न समेत नपाइने माग गरिएको छ । थप कर्जा प्रवाह गर्दा ऋण र पुँजीको अनुपात असन्तुलन भएमा समेत त्यसमा छुट दिनुपर्ने माग समेत गरिएको छ ।

कृषि कर्जाको ब्याजदर सीमित राख्न समेत काठमाडौं उद्योग वाणिज्य संघले माग गरेको छ । यो मागहरु पूरा गर्न संघले ध्यानाकर्षण र दवाबमूलक कार्यक्रमको आयोजना गर्ने तयारी गरेको छ ।

Recent Comments

No comments to show.