वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति पुनः शुरु

वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति पुनः शुरु

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। सरकारले झण्डै चार महिनापछि  वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति  पुनः खुलेको छ । कोरोना महामारीका कारण फागुन ३० गते देखि बन्द रहेको श्रम स्वीकृति बिहिबारदेखि खुलेको हो ।

भिसाको  र करारको म्याद भएकालाई ताहाचल कार्यालयबाट आजैदेखि पुनः श्रम स्वीकृति दिन थालिएको  श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयकाद्धारा जारी विज्ञप्तिमा जनाइएको छ । 

अब बिदामा आएका कामदारलाई फर्किन श्रम स्वकृति दिन थालिएको वैदेशिक रोजगार विभागले जनाएको छ । नयाँ कामदारले भने विदेश जान श्रम स्वीकृति पाउने छैनन् ।

 तर अहिले कार्यालयमा पुन: श्रम स्वीकृतिका लागि आउनेले कोरोना रोकथामको स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने छ ।

पुन : श्रम स्वीकृति पाए पनि अन्तर्राष्ट्रिय उडान भने साउन ७ गतेसम्म बन्द छ । कतिपय देशले अझै यात्रु प्रवेशमा रोक लगाएका छन् ।

Recent Comments

No comments to show.