रोपाइँ गरिरहेको बेला चट्याङ लागेर बारामा चार महिलाको मृत्यु

रोपाइँ गरिरहेको बेला चट्याङ लागेर बारामा चार महिलाको मृत्यु

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  बारामा धान रोपाइँ गरिरहेको बेला चट्याङ लाग्दा बारामा चारजना महिलाको मृत्यु भएको छ।

बाराको फेटा गाउँपालिका १ मा दुई तथा कलैया उपमहानगरपालिका १२ मा २ जना महिलाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

मृत्यु हुनेमा फेटा गाउँपालिका १ त्रिवेनीका ३० वर्षीया सिन्दु देवी र ४० वर्षीया सुनरपती देवी, कलैया उपमहानगरपालिका १२ स्थित शितलपुरकी ४५ वर्षीया हलिमा खातुन र ३५ वर्षीया आशादेवी महतो रहेका छन् ।

यसै गरी बाराको फेटा गाउँपालिका वडा नं १ का ३० वर्षिया तेन्दु देवी र ४० बर्षीया सुनारपती देवी छन्।

चट्याङ लागेर फेंटा गाउँपालिका–१ कै बच्वा देवी, राजपती देवी, कान्ति देवी, उमा देवी, लिलावती देवी, शोशिता देवी र शीला देवी गम्भीर घाइते भएको र उपचारका लागि उनीहरूलाई वीरगन्ज पठाइएको प्रहरीले जनाएको छ।

Recent Comments

No comments to show.