मौसम पूर्वानुमान : कस्तो रहला दिनभरको मौसम ?

मौसम पूर्वानुमान : कस्तो रहला दिनभरको मौसम ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं।जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुनी वायुको प्रभावका कारण देशभरको मौसम बदली भएको जनाएको छ।

महाशाखाका अनुसार देशका विभिन्न स्थानहरूमा आज मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र प्रदेश ५ का एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

बिहीबार दिउँसो सबै प्रदेशमा सामान्य बदली रही सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको मौसमविदले बताएका छन् । 

प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति पनि सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी प्रदेश, प्रदेश ५ का एक(दुई स्थानमा भारी वर्षा हुने मौसमविदलेको भनाई छ ।

देशका विभिन्न नदीहरुमा पानीको बहाव बढ्ने, भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

Recent Comments

No comments to show.