नेपालमा २ हजार ६१ जना बालबालिकामा कोरोना संक्रमण

नेपालमा २ हजार ६१ जना बालबालिकामा कोरोना संक्रमण

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालमा २ हजार ६१ जना बालबालिकामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपालमा पछिल्लो समय बालबालिकामा कोरोना भाइरसको संक्रमण बढ्दै गएको जानकारी दिए ।

“नेपालमा १८ वर्षमुनिका २ हजार ६१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ,” उनले भने, “बालबालिकाहरूबाट अरूमा सर्नेदर बढी हुने हुँदा अभिभावकहरू सचेत भएर उनीहरूलाई सकेसम्म घरमै राख्नुपर्छ ।”

सुदूरपश्चिम प्रदेशमा मात्र ९ वर्षमुनिका १७५ जना बालबालिकामा कोरोना संक्रमण देखिएको उनले जानकारी दिए । सुदूरपश्चिममा कोरोना संक्रमण देखिएका सबै बालबालिकाहरू आमाबुबासँग भारतबाट आएको देखिएको मन्त्रालयले जनाएको छ ।

उनले आमाबुबालाई कोरोना संक्रमण भएको अवस्थामा बालबालिकालाई कोरोना सर्न नदिन अलगै बस्न जानकारी दिए ।

विदेशबाट आएकाहरूले अन्यलाई कोरोना सर्न नदिन घरमा वा क्वारेन्टाइनमा १४ दिनसम्म नियमपूर्वक बस्ने, घरबाहिर जानुपरेमा मास्क अनिवार्य  लगाउने, २ मिटरको दूरी कायम गर्ने र पटक–पटक साबुन पानीले हात धुने गर्न उनले अनुरोध गरे ।

Recent Comments

No comments to show.