महासंघको निर्वाचनको लागि प्रधान पक्षले खोल्यो सम्पर्क कार्यालय

महासंघको निर्वाचनको लागि प्रधान पक्षले खोल्यो सम्पर्क कार्यालय

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनका लागि किशोर प्रधानको टिमले सम्पर्क कार्यालय खोलेको छ।

साउन २५ र २६ गते हुने निर्वाचनको लागि प्रधान टिमको सम्पर्क कार्यालय उद्घाटन शेखर गोल्छाले गरेका हुन् ।

ललितपुरको पुल्चोकस्थित याक पार्टी प्यालेसमा सम्पर्क कार्यालय स्थापना गरिएको हो।

उद्घाटन कार्यक्रममा निवर्तमान अध्यक्ष पशुपति मुरारका, पूर्व अध्यक्षहरु कुशकुमार जोशी, विनोदबहादुर श्रेष्ठ सहभागी थिए। प्रधानको टिममा प्रधान वरिष्ठ उपाध्यक्षमा उठ्दैछन् भने जिल्ला उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ र एसोसिएट उपाध्यक्षमा सौरभ ज्योति प्रतिस्पर्धा गर्दै छन्।

वरिष्ठ उपाध्यक्षका दावेदार किशोर प्रधान र चन्द्रप्रसाद ढकालको नेतृत्वमा दुई प्यानल निर्वाचनमा जानेछ । महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ।

जस अनुसार वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनु भनेको अर्को पटकको लागि अहिले नै अध्यक्ष जित्नु बराबर हो। शेखर गोल्छा यो पटक स्वतः अध्यक्ष बन्दै छन्।

Recent Comments

No comments to show.