श्रीरामानन्दाचार्य सेवापीठ महाविपदमा साथसाथै, सम्झौता र सहकार्यमा’होल्डिङ् केन्द्र’

श्रीरामानन्दाचार्य सेवापीठ महाविपदमा साथसाथै, सम्झौता र सहकार्यमा’होल्डिङ् केन्द्र’

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कोरोना माहामारीले यतिवेला विश्वलाई अस्थब्यस्थ बनाइदिएको छ । तीव्ररुपमा फैलनसक्ने र उपचार समेत पत्ता नलागेको यस भाइरसले दुनियाँभर त्रासदी फैलाएको छ ।

यसको उपचार र रोगसँग जुध्नको लागि एक मात्र विकल्पको रुपमा योग र आयुर्वेदिक पद्धतीमात्र धेरै देशको रोजाईमा परेको छ ।

विश्वका शक्तिशाली देशलाई समेत घुँडा टेकाउन बाध्य पारेको कोरोनाले नेपालमा पनि केहिदेखि संक्रमितको संख्या बढ्दै गएको छ । पूर्व तयारीको लागि केन्द्र, प्रदेश, स्थानिय सरकार आ आफ्नो ढंगले लागेको छ ।

कयौ स्थानमा क्वारेन्टिनको व्यवस्था समेत गलिलो गर्न नसकेको बेला प्रदेश १ मा भने जगदगुरु श्रीरामानन्दाचार्य सेवापीठ गतिलो उदाहरणको रुपमा देखिएको छ । आफ्नो भक्तजनको परिश्रम र पसिनाको थोपाबाट संकलित रकमले निमार्ण गरेको आश्रमको ६० कोठा ‘होल्डिङ् केन्द्र’लाई दिएको छ ।

भक्तजनहरुले आफु बसेको ठाँउ खाली गरि महामारीको कारण विदेशबाट उद्धार गरेर ल्याइने नागरिकलाई राख्न ठाँउ उपलब्ध गराएका हुन् । ६० कोठामा १ सय ८० बेडको आइसोलेसनमा आयुर्वेदिक पद्धतिबाट उपचार गर्ने गरी सेवापीठसँगको सम्झौता र सहकार्यमा होल्डिङ् केन्द्रको रुपमा भवन प्रयोगमा ल्याईएको छ ।

आफु बसिरहेको ठाँउ खालीगरी देशको लागि परेको बेला पुनः श्रीरामानन्दाचार्य सेवापीठका पदाधिकारी लगायत भक्तजनहरुले कर्तव्य निभाएका छन् । संकटको बेला सरकार र आम नेपाली जनताको विपदमा साथमा साथदिन भवन प्रयोगको साथै सेवापनि गरिरहेका छन् ।

महाविपद साथसाथै श्रीरामानन्दाचार्य सेवापीठ

जगदगुरु श्रीरामानन्दाचार्य सेवापीठ महाविपद साथसाथै रहने संस्था हो भन्ने यस अघिका धेरै उदाहरण रहेका छन् । राष्ट्रलाइ परेको महाविपद भुकम्प , बाढिपहिरो, गरिब, अशक्त, दिर्घरोगीहरुलाई साथ र सहयोग दिँदै आएको संस्था श्रीरामानन्दाचार्य सेवापीठ हो ।

भुकम्पको बेला देशको विभिन्न स्थानमा गएर स्वास्थ शिविर, पुनर्निमार्ण, भोजन, उद्धार लागायतको काम यस संस्थाले गरेको थियो । अहिलेको विश्वव्यापी माहामारीमा पनि एटेज बाथरुम सहित रहेको सुविधा सम्पन्न भवन बिरामीको लागि अझ सहज होस् भनेर उपलब्ध गराएको छ ।

त्यसबाट प्रदेश सरकारको लागि ठूलो सहयोग मिलेको छ । यस्तो अवस्थामा प्रदेश सरकारले संस्थागतरुपमा एकै ठाँउमा सुविधा सम्पन्न सहितको भवन प्रयोगमा ल्याएको पहिलो हो ।

जगदगुरु श्रीरामानन्दाचार्य सेवापीठ भित्र पसेर हेर माथि उठेर सोच भन्ने नारा साथ हरेक व्यक्ति भित्र रहेको अन्तर उर्जाशक्तिलाइ ध्यानको माध्यमबाट उत्थान गर्ने र हरित क्रान्तिको माध्यमबाट समाज र देश आत्मा निर्भर बन्न प्रेरित गर्ने महायोगी सिद्धबाबाको बिचार र लक्ष्यका साथ अघि बढेको संस्था हो ।

स्वच्छ नेपाल, स्वस्थ नेपाल, स्वरोजगार नेपाल,समृद्ध नेपाल, सु-संस्कारी नेपाल आपसी भाइचारा,हरित क्रान्ति आपसी सद्भावको अभियान नै मुल उदेश्य रहेको छ । यस संस्थाले महायोग साधना अनि आयुर्वेदको माध्यमबाट दुर्व्यसनको कुलतमा फसेका कयौं युवाहरूलाइ आजजीवनको सहि मार्गमा हिड्नलाइ प्रेरणा दिदै आएको छ ।

जीवन देखीहार खाएका कयौ व्यक्तिहरुलाई जीवनको सहि बाटो देखाइ आपसी भाइचारा, सद्भाव , आपसी मेलमिलाप, सबैमा भक्ति प्रेम बाड्दै स्वच्छ र स्वस्थ समाज अनि देशको सर्वाङ्गिण उन्नतीमा श्रीरामानन्दचार्य सेवा पीठलागि रहेको छ ।


जगद्गुरू श्रीरामानन्दाचार्य सेवापीठले यसअघि गाउँ-गाउँमा जाहाँ औषधिको नाममा सिटामोल समेत पुग्न नसकेको दुर्गम अनि बिकट ठाँउमा गएर पचासौं हजार मानव समुदायलाइ निःशुल्क भोजन एवं स्वास्थ्य शिविर संचालन गरी नाडी विज्ञान अनि आयुर्वेदिक औषधिद्धारा बासिन्दालाई प्रत्यक्ष लाभान्वित गराएको छ ।

समाज सेवाका कार्यहरूमा भगवत परायण भएर ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःखभाग् भवेत् ।।’ अनि ‘ जननी जन्मभूमिष्च स्वर्गादपि गरियसि ।।’ को मुल मन्त्रलाइ हृदयन्गम् अनि आत्साथका साथ यस जगद्गुरू श्रीरामानन्दाचार्य सेवा पीठ ले नित्यनिरन्तर हिजोका महाविपदका हिजोका दिनहरूमा पनि कर्तब्य बहन गर्दै आएको छ ।

जगद्गुरू श्रीरामानन्दाचार्य सेवापीठ स्वास्थ्य,शिक्षा,संस्कार,समृद्धि र शान्ति -‘पञ्च स’ लाइ मुलमन्त्र मानेर पाशुपत सिद्ध महायोगको माध्यमबाट मनुष्यमा देवत्व जगाउने अभियानमा लागि परिरहेको संस्था हो । साथै देशमा आयुर्वेद विश्वविद्यालयको स्थापनाको लागि संस्था सक्रिय रहँदै आएको छ ।

को हुन् श्रीरामानन्दाचार्य सेवापीठका पिठाधिश्वर महायोगी सिद्धबाबा ?

जगद्गुरू श्रीरामानन्दाचार्य सेवापीठका पिठाधिश्वर महायोगी सिद्धबाबा स्वयं एक अयुर्वेदिक अनि नाडी विज्ञ (आयुर्वेदिक डाक्टर) हुन् । जसले असङ्ख्य बिकट स्थानमा गएर प्रत्यक्ष उपस्थित भइ मानवजातिको दिन रात भोक प्यास नभनी अहोरात्र सेवा गरेका छन् ।
अनि आफ्नो तपोबलद्धारा योग साधना लाइ साङ्गोपाङ्ग रूपमा प्राप्त गरी पाशुपत सिद्ध महायोग साधनाको माध्यमद्धारा केवल संकल्पबाट मात्र पनि कुण्डलिनी शक्तिलाई उजागर गराई श्रीरामनाम को भक्ति योग जगाइ देश-विदेशमा रहेका सम्पूर्ण मानव जगत को कल्याण गर्दै आएका छन् ।

यस जगद्गुरू श्रीरामानन्दचार्य सेवा पीठका पीठाधिस्वर जगद्गुरू महायोगी सिद्धबाबा एक श्रोत्रिय , ब्रम्हनिष्ठ , गुरू परम्परामा आवद्ध रामानन्दिय सम्प्रदायका बयालिसौं आचार्य , समाधि सिद्ध त्रिदण्डधारी जगद्गुरू हुन् ।

Recent Comments

No comments to show.