संविधान संशोधन प्रस्ताव संसदमा पेश

संविधान संशोधन प्रस्ताव संसदमा पेश

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । संविधान संशोधनको प्रस्ताव संसदमा पेश भएको छ ।

कानुन न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाम्फेले संसदमा नेपालको संविधान दोस्रो संशोधन विधेयेक २०७७ को प्रस्ताव पेश गरेकी हुन् । उनले निशान छापभित्र रहेको अहिलेको नक्साको ठाउँमा अद्यावधिक नक्सा राख्नको लागि संविधान संशोधन विधेयेक पेश गरिएको जानकारी दिइन् । 

संविधानको अनुसूचीमा रहेको निशान छापमा नयाँ नक्सा राख्न संसदमा संविधान संशोधन प्रस्ताव पेश भएको हो ।

यसअघि पनि गएको बुधबार संविधान संशोधनको प्रस्ताव दर्ता गर्ने कार्यसूची रहेकोमा नेपाली कांग्रेसले समय माग  गरेपछि स्थगित गरेको थियो । तर हिजोको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेपछि आज भने संशोधन प्रस्ताव पेश भएको हो ।

संविधान संशोधनको प्रस्ताव पारित हुन संसदमा दुई तिहाइ मत आवश्यक पर्छ ।  सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको भूमि समेटेर नयाँ नक्सा जारी गरिसकेको छ । संविधानको अनुसूची ३ मा रहेको निशान छापमा नयाँ नक्सा राख्नुपर्ने भएकाले सरकारले संविधान संशोधनको तयारी गरेको हो ।

Recent Comments

No comments to show.