काठमाडौंका यी ठाउँमा आज दिनभरी बत्ती जाने

काठमाडौंका यी ठाउँमा आज दिनभरी बत्ती जाने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौंका केहि स्थानमा आज दिनभर बिजुली नआउने जनाएको छ । आज बिहान ११ बजेबाट साँझ ५ बजेसम्म काठमाडौंका केही ठाउँमा आज दिनभरी बिजुली नआउने भएको हो । 

कुलेश्वर वितरण केन्द्र अन्तर्गतको कलंकी देखी ढुंगेधारा सम्मको चक्रपथ र सितापाइला देखी रामकोटसम्मको सडक विस्तार कार्यको लागि लाइन स्थानान्तरण कार्य तथा भिमढुंगा ११ केभि स्वीच जडान कार्य गरिने भएकाले विजुली काटिने भएको हो । 

प्राधिकरणका अनुसार सितापाइला, बुढाथोकी कोल्ड स्टोर, मुसलवान टोल, बुढानिलकण्ठ मन्दिर, टेम्पो पार्क, सिभिल होम्स, टौखेल, अलाकत्रा फेक्ट्री, थापाचोक, रामकोट, आदेश्वर, छत्रेदेउराली लगायत क्षेत्रमा बिजुली काटिने छ ।

Recent Comments

No comments to show.