जेठ ३२ गतेसम्म लकडाउन बढाउने मन्त्रपिरिषदको निर्णय

जेठ ३२ गतेसम्म लकडाउन बढाउने मन्त्रपिरिषदको निर्णय

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। मन्त्रपिरिषदको बैठकले कोरोना भाइरस रोकथामका लागि जेठ ३२ गतेसम्म लकडाउनको समय बढाउने निर्णय गरेको छ ।

शनिवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले जेठ ३२ गतेसम्म लकडाउनको समय बढाउने निर्णय गरेको हो। मन्त्रपिरिषदको बैठकले अन्तर्राष्ट्रिय सिमा नाका र विमानस्थल असार १६ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।

लकडाउनको समय यही जेठ २० गते सकिदैछ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सिफारिसमा सरकारले लकडाउन लम्बाउने निर्णय गरेको हो ।

बैठकले विदेशमा अलपत्र रहेका नेपालीलाई ल्याउने कार्ययोजना स्वीकृत गरेको छ । विदेशमा अलपत्र  नेपालीलाई उनीहरु रहेको देशस्थित नेपाली दूतावासमा नाम दर्ता गराएर प्राथमिकताका आधारमा स्वदेश फर्काउने निर्णय गरिएको छ ।

Recent Comments

No comments to show.