बिश्वभर कोरोना संक्रमितको संख्या ६० लाख नाघ्यो, एकै दिन ७७ हजारभन्दा बढी संक्रमणमुक्त

बिश्वभर कोरोना संक्रमितको संख्या ६० लाख नाघ्यो, एकै दिन ७७ हजारभन्दा बढी संक्रमणमुक्त

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कोराना संक्रमितको संख्या ६० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा १ लाख २२ हजार २४३ जना नयाँ संक्रमित थपिएसँगै संख्या ६० लाख २३ हजार १५३ जना पुगेको हो ।

एकैदिन अरू ४ हजार ८२५ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ३ लाख ६६ हजार ३७४ पुगेको छ।

३० लाख १ हजार १३६ जनाको उपचार भइरहेकोमा ५३ हजार ७२४ जनाको अवस्था गम्भीर छ । एकै दिन ७७ हजारभन्दा बढी मानिस कोरोना भाइरसको संक्रमणबाट मुक्त भइ घर फर्किएका छन् ।

शुक्रबार विहान ७ बजेसम्म विश्वका विभिन्न मुलुकमा २५ लाख ७९ हजार ५३४ जना मानिस संक्रमणमुक्त भएकोमा शनिवार विहान ५ बजेसम्म २६ लाख ५६ हजार ६४३ जना संक्रमण मुक्त भएका छन् । अर्थात ७७ हजार १०९ जना संक्रमणमुक्त भएका छन् ।

Recent Comments

No comments to show.