अवधूतगीता नेपाली भावानुवाद अध्याय८, स्रष्टा- दिनेश पाण्डे

अवधूतगीता नेपाली भावानुवाद अध्याय८, स्रष्टा- दिनेश पाण्डे

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


दिनेश पाण्डे

नुवाकोट थानसिङ्-२ (हाल लिखु-६) मा जन्मी राजधानी काठमाडौंमा बसोबास गर्दै स्कुल तथा कलेजमा स्थायी शिक्षण पेसा सम्हाल्दै तथा समयसमयमा पौराणिक प्रवचन समेत गर्दै आउनुभएका कविताविधाका नवोदीयमान व्यक्तित्व दिनेश पाण्डे द्वारा यस कृतिमा अवधूत दत्तात्रेयको वेदान्तमय वाणीलाई सबैले बुझ्ने गरी नेपाली भाषामा समछन्दमा राखिदिनुभएको छ।

हुन त आजको भोगविलासको जमानामा यस्ता पुस्तक पढ्ने रुचि कमैमा मात्रै पाइन्छ । तथापि अहङ्कारबाट ओङ्कारतर्फ तथा संसारबाट परमात्मातर्फको यात्रामा गतिशील रूपले अघि बढ्न चाहनेहरूलाई भने यो कृतिले पक्कै पनि सहयोग गर्नेछ भन्ने विश्वास हामीलाई छ।

हाम्रो  एक्ट प्रो नेपाल डट कम मार्फत यस कृतिलाई प्रत्येक हप्ता शनिवार प्रकाशित गरिँदैछ। 

अवधूतगीताका केही रोचक श्लोकहरू गुनगुनाउँदै जाँदा सोको नेपाली गुनगुनाहट पनि सुरु भएपछि पूरा पुस्तककै नेपाली भावानुवाद गर्ने सोच मनमा आई यौटा सिङ्गो कृति नै तयार हुन पुगेकोमा लेखक आफूले कहिल्यै नसोचेको कुरा हुन गएको बताउनुहुन्छ ।   अनुष्टुप्,  इन्द्रवज्रा, उपेन्द्रवज्रा, तोटक, वसन्ततिलका तथा मात्रिक शास्त्रीय समछन्दमा लेखिएको यो कृति प्रकाशोन्मुख कृति भएकोले यसमा आएका टीकाटिप्पणी तथा समीक्षाहरूलाई सम्मानपूर्वक ग्रहण गर्दै तिनलाई पुस्तक प्रकाशन गर्दा समेत ख्याल राखिने कुरा लेखकले बताउनुभएको छ।

हामीलाई विश्वास छ कि हाम्रा आध्यात्मिक तथा साहित्यप्रेमी पाठकहरूले यसलाई नियमित रूपमा पढी उचित सल्लाह समेत दिनुहुनेछ । 

लेखक परिचय

नाम- दिनेश पाण्डे

जन्म- २०३३-०१-१३

जन्मस्थान-  नुवाकोट, थानसिङ्-२

हाल-  काठमाडौं, टोखा-८, गोंगबु, बानियाटार

कार्यस्थल-  मानसिङ् मा वि मनमैजू, ता न पा-१०, काठमाडौँ ।

अवधूतगीता अध्याय ८ 

अवधूत भन्दछन्

यात्रा गरी भौतिक राग मारेँ

कुवासना ध्यान गरेर मारेँ ।

भजेँ र संसार विनाश पारेँ

प्रभो सबै पाप गरे क्षमा रे।।१

मृदु शुद्ध बडा त्यागी धीर जो वासनागत।

स्थिरात्मा मितभुक् शान्त मुनि हो  शरणागत।।२

अप्रमत्त र गम्भीर धैर्यवान् जितषड्गुण।

सबैमाथि दया राख्ने करुणाभरिलो मन।।३

कसैको द्रोह गर्दैन कवि जो दूरदर्शक।

समान भाव ऊ राख्छ सबैको उपकारक।।४

भगवद्भक्त तत्त्वार्थी तथा वेदान्तवित् छ जो।

सुरुका वर्णले जानोस् लक्षणा अवधूतको।।५

अ-

आशाको पाशले मुक्त आदिमध्यान्तहीन जो।

आनन्दले सदा पूर्ण अवधूत कहिन्छ सो।।६

व-

वासनादेखि निर्मुक्त औषधीमय बोल्छ जो।

वर्तमानबिसे रम्ने अवधूत कहिन्छ सो।।७

धू-

धुलाम्मे जिउ सर्वत्र धोएको चित्तयुक्त जो।

धारणाध्यानले मुक्त अवधूत कहिन्छ सो।।८

त-

तत्त्वको मात्र चिन्ता छ अन्यचिन्ताविहीन जो।

तमोमुक्त अहंमुक्त अवधूत कहिन्छ सो।।९

आत्मारूपी सुधा जो छ अभिन्न मोक्ष अव्यय।

छाडे नरकमा जान्छन् मूर्ख ती छैन संशय ।।१०

मन कर्म र बोलीले त्याज्य छिन् मृगलोचनी ।

आनन्दहृदयी जो छ स्वर्ग मोक्ष कहाँ अनि।।११

स्वर्ग मोक्ष दुवै भाँड्ने भगवद्भक्तिनाशिनी ।

के कारण रचे होलान् विधिले मृगलोचनी ।।१२

माया यी नारकी द्वार साँच्चै बन्धनकी धनी।

जन्मायो जसले सारा उसैमा जन्तु दौडने।।१६

आगोको कुण्ड झैँ नारी घडाको घिउ झैँ नर।

लय गर्दछ संसर्ग तस्मात् बस्नू सधैँ पर।।२४

महुवा अन्न वा गूड सुरा छन् तीन यी फगत्।

नारी हुन् जो सुरा चौथो मातिन्छन् जसमा जगत्।।२५

मद्यपान महापाप नारी-आसक्ति झन् महान् ।

दुवै यी जसले त्याग्यो महायोगी बन्यो महान्।।२६

मान्छेको यो धातुले बद्ध गाथ

चिन्ता बढ्दा सुक्दछन् धातु सात।

ताजा राख्दा चित्तमा बुद्धि फुर्छ

तस्मात् रक्षा चित्तको गर्नुपर्छ।।२७

बनाए शास्त्र वैरागी दत्तात्रेयावधूतले।

पढे सुने सबैले यो संसारवासना जले।।२८

हे दत्त! वैक्रमाब्दस्य षट्सप्ताम्बरलोचने

माघमासेsसिते पक्षे सोम एकादशीतिथौ।।२९

दिनेशेन कृता सम्यक् वत्सगाेत्राेद्भवेन च ।

टीकेयं पादयाेस्तस्य गीतायास्तु समर्पये ।।३०

इति दिनेशपाण्डेयकृते  दत्तात्रेयावधूतगीतानेपालीभावानुवादे अष्टमोsध्याय:।।

समाप्तमिदं पुस्तकम् ।।

Recent Comments

No comments to show.