काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १७० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार देशको विभिन्न ठाँउमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमितको संख्या थपिएको हो ।
नयाँ संक्रमित १६२ जनामा पुरुष रहेका छन् भने ६ जना महिला रहेका छन् । नयाँ थपिएका संक्रमित झापा, रौतहट, सर्लाही, कपिलवस्तु, रुपन्देही, म्याग्दी, सप्तरीलगायत जिल्लाका रहेका छन् ।
योसंगै नेपालमा कोरोना संक्रमितको संख्या १२१२ पुगेको छ भने २०६ जना निको भएर फर्किसकेका छन् ।
प्रतिक्रिया